अपडेट 
२०८० बैशाख ११, सोमबार ०७:३५

जनकपुरधामको सुन्दर सदनमा श्रीराम कथा शुरु भएको छ ।

सुन्दर सदनका महन्थ नवल किशोर शरणले सो कथा जानकी नवमीसम्म चल्ने जनाएका छन् । अन्तर्राष्ट्रिय स्तरका कथा वाचक भारतको आचार्य मनोजले राम कथा बाचन गर्दा उपस्थित भक्तजनहरु मन्त्रमुग्ध हुने गरेका छन् । जानकी नवमीको अवसर पारेर सो कथा शुरु गरिएको छ । हजाराँै श्रद्धालु उपस्थित हुने सो कथा स्थलमा श्रद्धालुहरुलाई समस्या नहोस भनि सवै व्यवस्था गरिएको छ । सो कथा सुन्न बाहिरबाट आउने श्रद्धालुहरुको लागि बास र खानाको व्यवस्थासमेत गरिएको सदनका महन्थ शरणले जानकारी दिएका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधाममा रामकथा दैनिक रुपमा हुनुपर्ने बताउँदै महन्थ शरणले जनकपुरधामको कुनै न कुनै ठाउँमा सधै रामनामको जाप हुनुपर्ने बताए । उनले भने–‘हामी सनातन धर्मावलम्बीहरुको इश्टकै रुपमा रहेको राम जानकीको चर्चा गर्नु, प्रचार प्रसार गर्नु र उनको चरण कमलको चर्चाले मोक्ष प्राप्ति हुने भएको कम्तिमा जनकपुरधाममा दैनिक रुपमा रामनामको जाप हुनुपर्ने, रामको कथा, प्रवचन हुनुपर्ने मेरो धारणा छ ।’

सुन्दर सदनले विगतमा पनि रामनाम प्रवचन र कथा तथा विभिन्न धार्मिक कार्यहरु गर्दै आई रहेको छ । सुन्दर सदनले धार्मिक क्रियाकलाप र धार्मिक कार्यहरुमा सक्रिय भइ राम कथाको आयोजना गरेको छ । सदनका महन्थ शरणले भने–‘आफ्नो धर्म भन्दा ठूलो कुनै कर्म छैन्, यसको लागि नै राम नामको प्रवचन शुरु गरिएको छ ।

Comment


Related News