
किशोरी फाउन्डेशन जनकपुरधामले लागू औषध तथा मादक पदार्थ सुधार केन्द्रको स्थापना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१९ मिल्स एरिया बेंगाशिवपुर सडक खण्डमा स्थापना गरिएको सो सुधार केन्द्रको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो केन्द्रमा लागू औषध,र क्सी,गाँजा,भाँगलगायतको विभिन्न दुव्र्यसनमा परेकाहरुको उपचारको लागि उचित व्यवस्थापनका साथ केन्द्रको स्थापना गरिएको केन्द्रका संयोजक संदीप शर्माले बताए । दुव्र्यसनीहरुलाई शान्तिपूर्ण वातावरणमा उपचारका लागि शहरभन्दा टाढा केन्द्रको भवन स्थापना गरिएको संयोजक शर्माले बताए । उनका अनुसार चार महिनाको कोर्सका लागि प्रति महिना १५ हजारको दरले शुल्क दिनुपर्ने र त्यसपछिको तीन महिनासम्म निशुल्क रुपमा उपचार गरिनेछ । गैरनाफामुलक संस्थाको रुपमा रहेको किशोरी फाउन्डेशनको मातहत शुरु गरिएको यस केन्द्रमा चारजना भन्दा बढी दुव्र्यसनीहरुले नामांकन गरिसकेका छन् ।
करीब ७ वर्षदेखि दुव्र्यसनमुक्त रहेकाहरुको प्रशिक्षकहरुको समूहको सहयोगमा शुरु भएको यस केन्द्रको लागि आवश्यक चार कठ्ठा जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको छ भने भवन निर्माणको कार्य आवश्यकता अनुसार अगाडि बढाइने संयोजक शर्माले जानकारी दिए ।