अपडेट 
२०८० बैशाख ११, सोमबार ०७:५०

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताएका छन् ।

उनले सत्य, तथ्य खोजबिन गरी स्पष्टिकरण सोध्नुपर्ने निर्वाचन आयोगलाई सुझाएका छन् । निर्वाचन आयोगको विज्ञप्तिमा कुनै सत्यता नरहेको दाबी गर्दै मुख्यमन्त्री यादवले निर्वाचन आयोगले सोधेको स्पष्टिकरणको जवाफमा भनेका छन्–‘निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख भएको विषयमा कुनै सत्यता नभएको ब्यहोरा बारा क्षेत्र नम्बर–२ को जनतालाई अवगत गराउन चाहन्छु । यस्तो प्रकारको विज्ञप्तिबाट मतदातालाई भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सम्पूर्ण मतदातालाई निर्भयताकासाथ मतदान स्थलमा मतदान गर्न आग्रह गर्न चाहन्छु ।’ मुख्यमन्त्री यादवले उपनिर्वाचनलाई निष्पक्ष, भयरहित तवरवाट सम्पन्न गराउन प्रतिवद्धता दिएकोमा सो प्रतिवद्धतामा रतिभर आँच नआउने गरी प्रदेश सरकारको तर्फबाट निर्वाचन आयोगलाई विश्वस्त गराउन चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र जाने बाटो त्यो नै रहेको र आफूले कुनै सरकारी सवारीसाधनको प्रयोग नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले मुस्लिम धर्मावलम्बिहरुको महान पर्व ईदको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बारा पुगेकै निहुँमा निर्वाचन आयोगले स्पष्टिकरण सोध्नु सरकार प्रमुखलाई होच्याएको अनुभूति भएको बताएका छन् । उनले भने–‘मुख्यमन्त्री भएर प्रचारप्रसारमा गएको वा कुनै राजनीतिक दलको प्रचार प्रसार गरेको भए हुन्थ्यो तर, आफ्ना साथिभाइहरुसंग ईद पर्वको शुभकामना साटासाट गर्न पनि नहुने र यसलाई प्रचारबाजी भनेर गलत, भ्रमक रुपमा निर्वाचन आयोगले व्याख्या गर्नु बदनियत देखिएको उनको भनाइ थियो ।

उनले निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायले गर्न नहुने भन्दै आफू निर्वाचन निष्पक्ष हुनेमा विश्वस्त रहेको बताएका छन।

 

Comment


Related News

Latest News

Trending News