अपडेट 
२०८० बैशाख ११, सोमबार १२:३४

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको आउने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै  १६ अर्ब बराबरको बजेट आउने जनाएका हुन् । सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबिच आगामी आर्थिक वर्षको बजेट कम आउने उनले बताए ।

यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । तर, आर्थिक वर्षको ९ महिना बितिसक्दा समेत सरकारले मुस्किलले ५३ प्रतिशत बजेट खर्च गर्न सकेको छ भने यता राजस्व ५० प्रतिशत उठ्न सकेको छ ।

खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरूको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा.महतले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News