अपडेट 
२०८० बैशाख ११, सोमबार १८:२१

प्रतिनिधि सभा सदस्य उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव फेरि अघि हुनुभएकाे छ ।

पछिल्लाे मतपरिणामअनुसार यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछि पार्दै अघि हुनुभएकाे हाे । यादवले एक हजार तीन सय ९० मत प्राप्त गर्दा कुशवाहाले एक हजार तीन सय एक मत प्राप्त गर्नुभएकाे छ । उहाँहरूबीच ८९ रनकाे मतान्तर रहेकाे छ ।

नेकपा एमालेका पुरुषाेत्तम पाैडेल भने निकै पछि पर्नुभएकाे छ । उहाँले छ सय २९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ५९ मत प्राप्त गर्नुभएकाे छ ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले छ ।

Comment


Related News