अपडेट 
२०८० बैशाख ११, सोमबार २०:०२

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ६ सय मतको मतान्तर बनाएका छन्। यादवले २ हजार ६०० मत ल्याउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ मत ल्याएका छन्। यस्तै नेकपा एमालेका पुरूषोत्तम पौडेल ८६१ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन्।

बारा-२ मा सुरूआतीदेखि नै जसपाका यादव र जनमतका कुशवाहाबीच कडा टक्कर देखिएको छ। पछिल्लोपटक भने यादवले अग्रता कायम राखेका छन्।

Comment


Related News

Latest News

Trending News