अपडेट 
२०८० बैशाख १२, मंगलवार ०७:५०

महोत्तरीको गौशाला नगरपालिका –४ मलहनियाकी २५ वर्षीया आरती देवी साहको मृत्युको छानबिनको माग गर्दै सोमबार आफन्तहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच प्रदर्शन गरेको छ । सम्सी–माइस्थान जाने सडक जाम गरी आफन्तहरुले प्रदर्शन गरेका थिए ।

गत शुक्रबार आरतीको मृत्यु भएको थियो । ससुरा पक्षले विष सेवनबाट मृत्यु भएको बताउँदै आएका छन् ।तर माइती पक्षले परिवारकै सदस्यहरुले हत्या गरेको आरोप लगाएका छन् । सोमबार इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले बल प्रयोग गरी सडकको जाम खुलाएका थिए । त्यसपछि आक्रोशित भएका प्रदर्शनकारीहरु मृतकका श्रीमान अरुण साहको घरमा पुगी प्रदर्शन सुरु गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक दीपक कुमार गिरीले जनाएका छन् । उनका अनुसार प्रदर्शनकारीहरुले मानिसलाई नै आक्रमण गर्ने गरी प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रदर्शन उग्र बन्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास पनि प्रहार गरेको डिएसपी गिरीले बताए । प्रदर्शनलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो । सशस्त्र र नेपाल प्रहरीले नै हवाईफायर र अश्रुग्यास प्रहार गरेका थिए । सो क्रममा पाँच सुरक्षाकर्मीसहित ११ जना घाइते भएका छन् । नेपाल प्रहरीका प्रहरी निरीक्षक मनोज यादब, प्रहरी हवलदार रञ्जन सिंह र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक शंकर थापासहित अन्य तीन जना सामान्य घाइते भएको डिएसपी गिरिले बताए । झडपमा पाँच जना आन्दोलनकारी पनि घाइते भएका छन् । यद्यपि सबैको अवस्था सामान्य रहेको र हात÷खुट्टामा समान्य चोट देखिएको डिएसपी गिरीको कथन छ । प्रहरीले लाठ्ठी चार्ज गरी भीड र प्रदर्शनकारीलाई भगाएका थिए । अवस्था सामान्य भएपछि प्रहरीले दुबै पक्षलाई राखेर गौशालामा छलफल गरेका थिए

। छलफलमा अर्को आरोपित मृतक आरतीको नातामा नन्द पर्ने आशा कुमारी साहलाई पनि पक्राउ गर्ने सहमति भएको छ । माइती पक्षले आरतीको मृत्यु भएको भोलि पल्ट शनिबार अरुण साह र उनको बहिनी आशा कुमारी साहविरुद्ध किटानी जाहेरी दिएका छन् । श्रीमान अरुण महोत्तरी प्रहरीको हिरासतमा छन् भने आशा फरार छिन् । प्रदर्शनकारीहरुले आशासहित परिवारको अन्य सदस्यलाई पनि पक्राउ गरी घटनाको सत्यतथ्य छानबीन गर्नुपर्ने माग गरेका छन् । आरतीले विष सेवन गरेको भन्दै घरपरिवारले माइतीलाई जानकारी नदिइ ट्रमा अस्पताल बर्दिवासमा उपचारको लागि लगेको थियो । त्यहाँ उनलाई अस्पतालले मृत घोषणा गरेका थिए । अहिले शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । आरतीले विष सेवन गरेको थाहा पाएपछि माइती पक्षले शव नबुझन ससुरा पक्षलाई भनेका थिए । पछि अस्पतालबाट मृतक आरतीको जेठाजु नाता पर्ने विनोद कुमार साहले शव लगेर दाह संस्कारको तयारी गरेपछि माइती पक्षले आरतीको हत्या नै भएको तर्क गर्दै प्रहरी गुहारेका थिए ।

Comment


Related News

Latest News

Trending News