
धनुषा प्रहरीले साढे ७ लाखभन्दा बढी नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।
७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको साथबाट एक हजार दरको नक्कली नोट ४९२ थान र ५ सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।
जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले संका लागी चेकजाँच गर्दा अनुको झोलाबाट नक्कली नोट बरामद गरिएको हो । प्रारम्भिक बयान अनुसार अनुले भारतबाट १ लाख सक्कली रुपैयाले २ लाख नक्कली नोट साटी ल्याएको बताएकी छिन । नक्कली कारोवारमा थप व्यक्तिको संलग्नता समेत रहेको बुझिएको छ भने धनुषा प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।