अपडेट 
२०८० बैशाख १२, मंगलवार १६:३६

पछिल्लो २४ घण्टामा देशभर १३६ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ५९१ वटा नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ ।

हाल २७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चारजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News