अपडेट 
२०८० बैशाख १३, बुधबार ०५:२९

जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्।

निर्वाचन आयोगका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

Comment

Related News