अपडेट 
२०८० बैशाख १३, बुधबार ०७:५०

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले नेपाल भारत सहयोग मञ्च यस क्षेत्रका लागि एउटा साँझा धरोहरका रुपमा रहेको बताएका छन् ।

नेपाल भारत सहयोग मञ्चले आयोजना गरेको साधारणसभामा अग्रवालले नेपाल भारतका संस्कृतिक, सामाजिक र राजनीतिक समबन्धलाई बलियो बनाउनेतर्फ निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए । उद्योगपति अग्रवालले नेपालको सीमाञ्चल क्षेत्रमा अवस्थित वीरगञ्जमा रहेको यस मञ्चको भूमिका र कार्यभार अत्यन्तै गहन रहेको तर्फ ईङगित गर्दै आगामी दिनहरुमा यस मञ्चले आफ्ना संस्थागत भूमिकालाई अझै फरकिलो र विस्तार गर्नुपर्ने कुरामा जोड दिए । नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक कुमार वैद्यले नेपाल भारत सहयोग मञ्चले नेपाल भारतबीच बिद्धयमान जनस्तरको सम्बन्धलाई यापक र प्रगाढ बनाउने दिशामा मञ्च निरन्तर क्रियाशील रहने धारणा व्यक्त गरे । उनले मञ्चको क्रियाकलाप र गतिविधिलाई समय सापेक्ष विस्तार गर्ने क्रममा स्थानीय स्तरमा गोष्ठी अन्तरक्रिया तथा राष्ट्रिय, सामाजिक मुद्दाहरुका बारे मञ्चले आफ्नो संस्थागत धारणा व्यक्त गर्दै आएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुबोध कुमार गुप्ताले नेपाल भारत सहयोग मञ्चका कार्यहरु अत्यन्तै प्रशंसनिय मात्र नभइ अन्य संस्थाहरुका लागि अनुकरणियसमेत रहेको बताउँदै नेपाल भारतबीचका व्यवसायिक, आर्थिक सांस्कृतिक सम्बन्धलाई नयाँ कोणबाट विश्लेशन गर्दै थप उच्चाइमा पु¥याउनुपर्ने कुरामा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल भारत सहयोग मञ्चको वार्षिक साधारणसभा औपचारिक र नियमित प्रक्रिया भएता पनि यसको अन्तरनिहित महत्व अत्यन्तै ठूलो रहेको बताए । उनले मञ्चका भूमिका दुई देशबीचका व्यवसायिक सम्बन्धको विस्तारका साथै विभिन्न खाले व्यवसायिक, नागरिक स्तरमा आईपर्ने अवरोधहरुको निराकरणमासमेत संस्थाले आफ्ना भूमिका खर्चिनुपर्ने जोड दिंदैँ दुई देशको आर्थिक उन्नयनका लागि सिमावर्ती क्षेत्रमासाझा सहकार्यको औचित्य बढेर गएको बताएका छन् ।

कार्यक्रममा राष्ट्रपतिद्वारा सुप्रबल जनसेवा श्री पदक पाएका मंचका अध्यक्ष अशोक कुमार वैद्य, मञ्चका सचिव डा.सुबोधकुमार गुप्ता, रुंगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा वरिष्ठ उद्योपति मुरलीधर रुंगटा र मञ्चकी सदस्य शम्मीकुमारी अग्रवाललाई मञ्चले सम्मानित गरेकी थिइन् । क ा र्य त्र m म म ा मधेश विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल केडिया, रमेश अग्रवाल, मधु राणालगायतले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम थप्ने कुरामा जोड दिएका थिए ।

Comment


Related News

Latest News

Trending News