अपडेट 
२०८० बैशाख १३, बुधबार ०८:००

जनकपुरधाम उपमहानगरपालिका–११ लक्ष्मण अखाडा टोलमा आगलागी हुँदा हजारौंको क्षति भएको छ भने एक महिला घाइते भएकी छन् ।

मंगलबार दिउँसो स्थानीय मोहन मण्डलको भान्सा घरमा रहेको एलपीजी ग्यास सिलिण्डरको पाइप लिकेज भएर आगलागी भएको पीडित परिवारजनले जनाएका छन् । आगलागीलाई जनकपुरधाम उपमहानगरपालिकाको दुई वटा वारुणयन्त्रले तत्काल नियन्त्रणमा लिएको थियो भने अझै धेरै क्षति हुनबाट जोगिएको पीडित मण्डलले बताए । आगलागीमा परेर भान्सा कोठा संगै रहेको बेडरुमका ओछ्यान,भाँडाकुँडा र दुई वटा ग्यास सिलिण्डरमा क्षति पुगेको छ । आगालागीका कारण घरको विद्युत्का तार हरुसमेत जलेर नष्ट भएको जनाइएको छ । आगलागीमा परेर सरस्वती मण्डल घाइते भएकी छन् । उनको दुबै खुट्टामा आगोलेपोलेर घाउ भएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको मण्डलले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News