२०८० बैशाख १३, बुधबार १४:४५

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सदस्यहरुको नाम दिन आग्रह गरेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले समिति रहने सदस्यहरुको नाम प्राप्त भएपछि संसद्लाई प्रभावकारी बनाउन सकिने बताए। ‘तपाईंहरुले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ। भोलिसम्ममा नाम दिनुहोला। आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो’, उनको भनाइ थियो।



सभामुखले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्ने बताएका थिए। ‘संसद्‌मा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेको पनि सभामुखको भनाइ थियो। ‘आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ’, उनले भने। प्रमुख दलहरुबीच चाँडै संसदीय समिति गठन गर्ने सहमति भइसकेको छ।

 

Comment


Related News

Latest News

Trending News