अपडेट 
२०८० बैशाख १३, बुधबार १८:०७

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा ६५ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको  छ ।

Comment


Related News

Latest News

Trending News