अपडेट 
२०८० बैशाख १४, बिहीबार ०७:१६

मधेश प्रदेश सरकार मातहतको प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पूर्व प्रमुख श्रवणकुमार मिश्रले अझै हालीमुहाली चलाइरहेका छन् । फागुन महिनामै सरुवा भइसकेका मिश्रले अझै कार्यालय प्रमुखको रुपमा कार्यालयको गाडी प्रयोग गरिरहेका छन् । कार्यालयको मोबाइल, कार्यालय प्रमुखको आवास, भान्से लगायतका सुविधाहरु निर्बाध रुपमा प्रयोग गरिरहेका छन् । आधा दर्जन बढी संख्यामा आफन्तलाई करार कर्मचारीमा नियुक्ती दिएका छन् । उनी प्रमोशन भएपछि कोशी प्रदेशमा सरुवा भएका थिए ।तर त्यहाँ एक हप्ता पनि नबसी मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् को कार्यालयमा हाजिर भएका छन् । काजमा खटाउन सन्तोष कुमार यादवले दिएको निवेदनको मितिमा समेत केरमेट गरिएको छ । उनलाई मुख्यमन्त्री कार्यालयले तत्कालै पत्रचार गरी हाजिर गराइएको देखिन्छ । तर सरुवा भै आएका अर्का कर्मचारी ओमप्रकाश यादवलाई हाजिर गर्न निमित्त प्रमुख गुणानन्द साहले अवरोध गरेका छन् । तर उनी प्रयोगशालाको निर्देशकको रुपमा विभिन्न पालिकाहरुमा स्थापना भएको प्रयोगशालाको उद्घाटनमा आफ्नो नाम समेतको शिलालेख लगाउन लगाएका छन् ।

फागुनदेखि नै कार्यालय प्रमुख नरहेका मिश्रले वैशाखको पहिलो हप्तामा उद्घाटन भएका पालिका प्रयोगशालाको शिलालेखमा आफ् नो नाम लेख्न लगाएका छन् । मिश्रले आफ्ना भाई सिताशरण मिश्रलाई कार्यालय सहयोगी, नातेदारहरु धीरेन्द्र मिश्र र अमरेन्द्र मिश्रलाई पनि कार्यालय सहयोगीमा नियुक्ती गरी एकै पटक महिनाको हाजिर गराई तलब दिने गरेको स्रोतले जनाएका छन् । स्रोतका अनुसार उनले सालो हरिगोपाल शर्मा, भाञ्जी अर्चना ठाकुर र सालोकी श्रीमतीलाई कम्प्युटर अपरेटरमा नियुक्ती गरेका थिए । उनीहरु मध्ये हाल केही कर्मचारी कार्यालय आउन छाडेका छन् । त्यस मध्ये कम्प्युटर अपरेटरहरु कोही आउँदैनन् । उनीहरुले राजिनामा समेत गरेका छैनन् । नवौं तहमा करारमा रहेका दिपेन्द्र मिश्र गत स्थानीय चुनावमा पिपरा गाउँपालिकाको वडाअध्यक्षमा चुनाव लडेका थिए ।तर चुनावमा पराजित भएपछि पनि उनको नियुक्ती निरन्तर कायम रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा प्रशासन शाखाको कर्मचारीसित सेटिंगगरी काजमा कर्मचारी झिकाएर हाजिर गराइएको तर मन्त्रालयबाट सरुवा भइ आएका कर्मचारीलाई हाजिर गर्न दिएको छैन् ।

निमित्त कार्यालय प्रमुख गुणानन्द साहले सरुवा भइ आएका कर्मचारीलाई हाजिर नगराउन हाजिर रजिष्टर नै लुकाउने गरेको र कार्यालय समयपछि मात्र कामकाज गरेको स्रोतले जनाएका छन् । प्रादेशिक प्रयोगशालाले खरिद गरेको करोडौ रुपैयाँको औषधि र उपकरणहरु प्रयोग विहिन बनेको छ । आवश्यकता नै नरहेको मात्रामा औषधिहरु खरिद गरी चरम भ्रष्टाचार गरेको आरोप लागेको छ । उपकरण खरिदमा पनि व्यापक भ्रष्टाचार गरिएको छ । स्रोतका अनुसार स्टोरमा अधिकांश समानको दाखिला नभएको र जिन्सी निरीक्षण समेत नभएको जनाउँदै अदक्ष कर्मचारीलाई अनुगमन समिति राखिएको छ । प्रादेशिक प्रयोगशालाले खरिद गरेको करोडौ रुपैयाँको औषधि र उपकरणहरुको म्याद गुज्रेको छ । तत्कालीन निर्देशक मिश्रले प्रयोजनको भन्दा बढी औषधिहरु खरिद गरेका थिए । देशमा कोभिड–१९ को संक्रमण कम भइसकेको अवस्थामा प्रयोगशालामा करोडौको परीक्षण किट खेर गइरहेको बताइन्छ ।

मधेश प्रदेशको मोहम्मद लालबाबु राउतको सरकारमा सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको सो प्रयोगशाला भ्रष्टाचारको ठूलो अड्डा बनेको थियो । तत्कालीन निर्देशक मिश्रले प्रयोजनको भन्दा बढी औषधिहरु खरिद गरेका थिए । देशमा कोभिड–१९ को संक्रमण कम भइसकेको अवस्थामा प्रयोगशालामा करोडौको परीक्षण किट खेर गइरहेको बताइन्छ । मधेश प्रदेशको मोहम्मद लालबाबु राउतको सरकारमा सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको सो प्रयोगशाला भ्रष्टाचारको ठूलो अड्डा बनेको थियो । तत्कालीन निर्देशक र केहि कर्मचारीहरुले अझै त्यो क्रमलाई निरन्तरता दिएका छन् ।

Comment


Related News