
सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ। यो भाउ हिजोको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो ।
आज चाँदीको भाउ भने स्थिर छ। हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।