अपडेट 
२०८० बैशाख १४, बिहीबार १२:१७

विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम त्यस्ता नागरिकको अनिवार्य निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मापदण्डको दफा ७० ‘घ’ अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न तथा असहाय नागरिकका लागि छुट्ट्याउनुपर्ने हुन्छ । उनीहरूको निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।

सो मापदण्डबमोजिम नगर्नेे सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई कारबाहीको दायरामा ल्याइने मन्त्रालयले चेतावनी दिएको छ ।

Comment


Related News

Latest News

Trending News