अपडेट 
२०८० बैशाख १४, बिहीबार १७:५०

मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

बिहीबार आयोगले उपलब्ध भएसम्मका सम्पूर्ण प्रमाणसहित १५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । निवेदन अनलाइनबाट पनि दिन सकिने तथा सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगले पीडितहरूलाई वैशाख १७ देखि ३१ गते भित्र दिइसक्न आग्रह गरेको छ । आयोगका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध हुनेछ । 

आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय सञ्चालनमा ल्याउँदै छ ।

Comment


Related News

Latest News

Trending News