अपडेट 
२०८० बैशाख १५, शुक्रबार ०७:२३

चुरे तथा वनजंगल संरक्षण अभियानले बारा र पर्सामा सञ्चालित उद्योगहरुका कारण दिनप्रतिदिन प्रदूषित बन्दै गएको सिर्सिया नदीको संरक्षणका लागि प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ ।

अभियानका संयोजक सुनिल कुमार यादवको अगुवाइमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै प्रदूषित बन्दै गएको नदिनालाको संरक्षण तथा अतिक्रमणको शिकार बन्दै गएको वनका जग्गाको अतिक्रमण मुक्त गराउनु पर्नेसहितका माग अघि सारेको छ । उद्योगहरुको चरम लापरबाहीका कारण मानव स्वास्थ्य, वातावरण, कृषि र वन्यजन्तुमा दीर्घकालीन असर पार्नुका साथै खोलाको सार्वजनिक जग्गा अतिक्रमण भएर नदि नै विलुप्त हुने खतरा समेत बढेको भन्दै अभियानले वन तथा वातावरण मन्त्रालयलाई संरक्षणको लागि अगाडि बढ्नु पर्ने आग्रह गरेको छ । अभियानद्वारा बुझाइएको ज्ञापनपत्रमा प्रदूषणका कारण खोलामा निर्भर बाली, जनावर र बोटबिरुवालाई समेत असर पु¥याइरहेको र त्यसको कारण कृषि उत्पादकत्व र जैविक विविधतामा ह्रास आएको उल्लेख रहेको छ । खोलाको सार्वजनिक जग्गा अतिक्रमण र सिर्सिया खोलामा अतिक्रमण गरी घर निर्माणले खोलाको प्राकृतिक बासस्थानमा ठूलो क्षति पु¥याइरहेकोले यसको समाधानका लागि तत्काल पहल थाल्न अभियानले आग्रह गरेको छ ।

अभियानले सो ज्ञापनपत्र उद्योग पर्यटन तथा वन मन्त्रालय,जनकपुरधाम धनुषा नेपाल उद्योग वाणिज्य महासंघ, मिलन मार्ग, टेकु, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज, पर्सा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीर्ता, वीरगञ्जसमेतमा बोधार्थ पठाएको जनाइएको छ ।

Comment


Related News