अपडेट 
२०८० बैशाख १५, शुक्रबार ०७:३२

धनुषामा एकै दिन दुई वटा वेवारिसे शव फेला परेको छ ।

बिहीबार नगराइन नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा एक÷एक वटा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वटा पहिचान नखुलेको शव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार नगराईन नगरपालिका–४ स्थित सडक खण्डमा अन्दाजी ४५ वर्षीय र गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारबाट २५ वर्षीय पुरुषको शव फेला परेका छन् ।

दुबै शवको सनाखत हुन सकेको छैन् । चिन्ने मान्छेलाई सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्दिन अनुरोध पनि गरेका छन् । हत्या गरी शव फालिएको हुन सक्ने प्रहरीको शंका छ । प्रहरीले मुचुलका उठाई अनुसन्धान गरिरहेको छ । प्रहरीले दुबै शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेका छन् ।

Comment


Related News

Latest News

Trending News