अपडेट 
२०८० बैशाख १५, शुक्रबार १३:३८

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उपनिर्वाचनको परिणामले मुलधारका पार्टीहरलाई समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकोबताउनुभएको छ ।

जनकपुरधाममा शुक्रवार समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मुलधारका पार्टीहरु समयमै समिक्षा सहित सुध्रिन संन्देश दिएकाले त्यसको तत्कालै समिक्षा र सुधार हुन आवयश्क रहेको बताउनुभएको छ ।

त्यस्तै उनले सत्ततरी वर्ष लागेका नेताहरु आराम गर्नुको विकल्प नरहेको भन्दै उनले स्वयम आफु लगायत त्यस्ता सम्पुर्ण नेताहरुलाई पुस्तान्तरणका लागि आहवान गरेका छन् । उनले देशमा आर्थिक संकटका बिच प्रचण्ड नेतृत्वको सरकारले आफनै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरुलाई दुई दुई लाख दिने निर्णयको उनले विरोध गरेका छन् । उनले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको बताए । आफुलाई धेरै कुरा थाहा नरहेको बताउदै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यस्को विषयमा स्पष्ट पार्नुपर्ने बताए ।

त्यस्तै उनले समाजवादी मोर्चाका लागि पनि अव पहल सुरु हुने बताए । माओवादी र जसपासंग मात्र होइन बिप्लव समुह संग समेत कुराकानी भइरहेको बताउदै उनले कम्युनिष्ठ आन्दोलन बचाउन मोर्चा गरिने बताए ।

Comment


Related News