
संघीय राजधानी काठमाण्डु–मधेश द्रुतमार्ग परियोजनाको कार्यलाई तीव्रता दिनका लागि मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुले उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्ण बहादुर खड्कालाई ध्यानाकर्षण गराएका छन् ।
मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुले ले आर्थिक वर्ष निजगढ काठमाण्डु द्रुत मार्गको निर्माण कार्यलाई तीव्रता दिनु पर्ने माग गर्दै शुक्रबार मन्त्री खड् का समक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । नेपाली कांग्रेसका सांसद महेन्द्र राय यादव र नेकांका सह–महामन्त्री महेन्द्र यादव, नेकांका केन्द्रीय सदस्य आनन्द प्रसाद ढूंगाना तथा मधेश प्रदेशका संसदीय दका नेता कृष्णा प्रसाद यादव, प्रदेश सभा सांसद शेष नारायण यादवसहितका सांसदहरुको टोलीले निजगढ काठमाण्डु द्रुत मार्गको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग अघि बढाएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री खड् काले यसबारेमा तत्काल सम्बन्धित ठाउँमा कुरा राख्ने आश्वास दिएको जानकारी सांसद शेष नारायण यादवले दिएका छन् । अर्बौ बजेटको महत्वकाँक्षी परियोजनाको रुपमा रहेको निजगढ काठमाण्डु द्रुतमार्ग निर्माण कार्य विभिन्न बहानामा पटक–पटक अवरुद्ध हुने गरेको छ । देशको आर्थिक विकासको मेरुदण्ड मानिएको काठमाण्डु–तराई जोड्ने फास्ट ट्रयाक अहिले अन्त्यहीन बहसको सुरुङतिर धकेलिएको टिप्पणी समेत हुन थालेको छ । नेपालको विकासमा असाध्यै ठूलो महत्व राख्ने कोसे ढुंगाको रुपमा रहेको यो परियोजनाको कार्यमा देखिएको बाधा अवरोध हटाउन तत्काल पहल थाल्नसमेत सांसदका टोलीले आग्रह गरेका थिए । फास्ट ट्रयाकको जतिसक्दो छिटो निर्माण शुरु गर्नु आवश्यक रहेको स्वीकार गर्दै मन्त्री खड्काले यसको लागि सरकारले छिट्टै पहल शुरु गर्ने बताएका थिए ।