
नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री विमलेन्द्र निधिले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित ट्रेड युनियन कांग्रेस धनुषाको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता निधिले सो धारणा राखेका छन् । ‘म चाहन्छु मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनोस्,कृष्ण यादव प्रदेशको संसदीय दलका नेता हुनुहुन्छ,हाम्रो रामसरोजजी पहिले पनि भौतिक मन्त्री भइसक्नु भएको छ त्यसैले उहाँहरु मिलेर अब मधेश प्रदेशमा सरकारको नेतृत्वमा सरकार निर्माणको लागि वातावरण निर्माण गर्नुप¥यो।’ ‘जनता समाजवादी पार्टीका अध्यक्ष सप्तरीमा हारेपछि बारामा उनलाई जिताउनका हामीले मद्दत गरेका छौं, अघि पनि जनता समाजवादी पार्टीको सरकारलाई हामीले समर्थन गरेका थियौँ ।’उनले भने । सरकारको नेतृत्व गर्ने पालो अब कांग्रेसको रहेको उल्लेख गर्दै उनले भने,‘मधेश प्रदेशका गठबन्धनको साझा सरकार बन्नुपर्छ त्यस्तो वातावरण बनाइदिन सबैतिरबाट काम गर्नुप¥यो भन्ने मेरो आग्रह हो।’ मधेशमा कांग्रेस बलियो नभएसम्म देशमा कांग्रेस कहिल्यै बलियो हुन नसक्ने दाबी गर्दै उनले भने ,‘मधेशमा कांग्रेस भयो भने देशमा कांग्रेस हुन्छ भन्ने कुरा म फेरि दोहो¥याउन चाहन्छु ।’
कांग्रेसले मधेशमा बहुमत प्राप्त नगरेसम्म देशमा कांग्रेसको आफ्नै नेतृत्वको सरकार बन्ने सुनिश्चितता नहुने कांग्रेसका पहाडतर्फका साथीहरुले भन्ने गरेको जिकिर गर्दै नेता निधिले भने,‘त्यस्तो भन्नुको के अर्थ हो त मधेशमा कांग्रेसको बहुमत दिलाउने काम हामीले गर्नु पर्छ ।’ आगामी पाँच वर्षसम्म यसै गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले आगामी पाँच वर्षपछि कांग्रेसले एक्लै चुनाव लडेर मधेश र देशमा बहुमतको सरकार बनाउने दाबी गरे । त्यसको लागि नेपाली कांग्रेसका सम्पूर्ण शुभेच्छुक संगठनहरुले आजैदेखि काम शुरु गर्नुपर्ने सुझाव दिए । संसदको आगामी पाँच वर्षको अवधिसम्म नेपाली कांग्रेसले गठबन्धनलाई निरन्तरता दिन चाहेको स्पष्ट पारे । ‘केन्द्रमा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी छ, त्यसपछि माधव नेपालजी प्रधानमन्त्री हुनुहुनेछ र नेपाली कांग्रेस सहभागी हुनेछ त्यपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुने छ ।’,प्रष्ट पारे ।
विगतमा संसदको विघटन जुन दुर्भाग्यपूर्ण रहेकोले अब आगामी दिनमा त्यस्तो अवस्थाको सृजना भइ राजनीतिक अस्थिरता आउने उनले स्पष्ट पारे । अहिले नेपाली कांग्रेस र नेपाली कांग्रेससंग जोडिएको दलहरुको नेपालको राजनीतिलाई स्थिर राखेर देश विकासतर्फ अघि बढ्नु नै मुख्य दायित्व रहेको धारणा उनले राखे ।
ट्रेड युनियन धनुषाका अध्यक्ष महावीर दासको सभापतित्वमा भएको सो कार्यक्रममा मधेश प्रदेशका पूर्व भौत्तिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,उपमेयर किशोरी साह,ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुस्कर आचार्य,नेपाली कांग्रेसका नेताहरु गणेश तिवराी,रामगुलाम कर्ण,नगराइन नगरपालिकाका मेयर विशेश्वर यादवलगायतकाले युनियनको अधिवेशनको लागि धारणा व्यक्त गरेका थिए ।