अपडेट 
२०८० बैशाख १७, आईतवार १२:०३

सिन्धुलीमा भएको कार दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। आइतबार बिहान कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बीपी राजमार्गमा कार दुर्घटना हो।

काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौं महानगरपालिका गौरीघाटकी ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। कार अनियन्त्रित भई सडकबाट २० मिटर तल भिरमा खसेको थियो।

Comment

Related News