
जनकपुरधाममा मधेश प्रदेश स्तरीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
जनकपुरधाममा आइतबार सम्पन्न प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन राष्ट्रको सेवाका लागि रहेको मुल्य मान्यतालाई लिएर कार्यपद्धतीमा परिवर्तन ल्याउने र जनताले व्यवहारमा अनुभूति गर्नेगरि काम गर्न निर्देशनसमेत दिए ।
सुरक्षा बैठकबाट राष्ट्र र जनताको सेवाका लागि प्रहरी प्रशासन, भ्रष्टाचार र अनियमितताको नियन्त्रण, मिटरब्याज, समस्या, समाधान र पिडितलाई न्याय, देश र समाजका देखिएका दलितलाई हुने विभेद, महिला हिंसा, लागुऔषधका साथै अन्य अपराधकर्म विरुद्व संकल्प लिइएको उनले बताए ।
बैठकमा गृह सचिव विनोद प्रकाश सिंह सहित मधेश प्रहरी प्रमुख, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थिती थियो भनेसो अवसरमा जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीहरुले गृहमन्त्री, गृहसचिव सहितकालाई सम्मान गरेका थिए ।