अपडेट 
२०८० बैशाख १८, सोमबार ०७:४४

संयुक्त युवा विद्यार्र्थी मोर्चाले जनकपुरधाम उपमहानगरपालकिाका मेयर मनोजकुमार साहको पुतला दहन गरेको छ ।

जनकपुरधामको भानुचोकमा आदिकवि भानुभक्त आचार्यको स्मारकको पुनः निर्माणका लागि शिलान्यास गरेको भन्दै मोर्चाले आइतबार नगर प्रमुख साहको पुतला दहन गरिएको छ । मधेश आन्दोलनको क्रममा शहीद भएका रमेश महतोको नाममा स्मारक बनाउनुपर्ने भन्दै उनीहरुले निर्धारित कार्यक्रम अनुसार मेयर साहको पुतला दहन गरेको छ । लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले आफूहरुलाई आदिकवि भानुभक्त आचार्यको नभइ शहीद महतोको स्मरक बन्नुपर्ने माग रहेको बताए । उनले नगरप्रमुख साहले वार्ता मार्फत यस समस्याको समाधान गर्ने बताए पनि वार्ताको वातावरण अझै नबनाएको आरोपसमेत लगाए । शनिबार मेयर साहले स्मारकको शिलान्यास गरेका थिए भने विद्यार्थी मोर्चामा आबद्ध विद्यार्थीहरुले सो शिलान्यास कार्यक्रमको विरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News