अपडेट 
२०८० बैशाख १८, सोमबार १४:५९

स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । तर, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँ घटेर कारोबार भएको हो । आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँका कारोबार भएको महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News