अपडेट 
२०८० बैशाख १८, सोमबार १७:३६

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल आज साेमवारका लागि स्थगित भएको छ । वर्षाका कारण आजको खेल रोकिएको हो ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । दिनभर झरी नरोकिएपछि अब खेल भोलि मङ्गलवारमात्रै हुने भएको हो । अब यूएईले भोलि आजकै अवस्था अर्थात् २७ ओभर ३ बल– १ सय ६ रनको अवस्थाबाट खेल थाल्नेछ ।

आज यूएईलाई १ सय ६ रन बनाउँदा ९ विकेट गुमाउने अवस्था ल्याउन ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिए ।

भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ ।

Comment


Related News

Latest News

Trending News