अपडेट 
२०८० बैशाख १९, मंगलवार ०७:४९

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको रेडियोलोजी सेवा विगत डेढ महिनादेखि ठप्प बनेको छ । रेडियोलोजी शाखाको भिडियो एक्सरे,सिटिस्क्यान, अल्ट्रासाउण्डलगायतका सेवा ठप्प भएकोले सेवाग्राहीहरु मर्कामा परेका छन् ।

अस्पतालमै सुपथ मूल्यमा उपलब्ध सेवा नै ठप्प भएपछि अस्पतालमा आएका बिरामीलाई अस्पताल बाहिर महँगो दरमा भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा लिनुपर्ने बाध्यता रहेको छ । अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एक जना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ । दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको स्थानीय दिलिप साहले बताए । उनले अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु पर्ने बाध्यता रहेको बताए । भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष् सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाशप्रसाद साहले सञ्चारकर्मीलाई जानकारी दिए । अस्पतालमा सिंह एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. साहले बताए । उनकाअनुसार यसबारे मन्त्रालयलाई जानकारी दिँदा कुनै किसिमको सुनुवाइ नभएको समेत बताए । मन्त्रालयबाट रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउने तर कहिलेबाट आउने हो भन्नेबारे केही पनि भन्न नसकिने उनले प्रष्ट पारे ।

मेडिकल सुपरिटेन्डेन्ट डा. साहका अनुसार अस्पतालमा ५० शैय्याको क्षमता रहेकोमा एक सय ५० शैय्याको सेवामा इमरजेन्सीमा २५, सीडीयुमा १२, एनआईसीमा ४, वार्डमा १ सयसहित एक सय ५० शैय्याको सेवा विशेषज्ञ सहितको सेवा प्रवाह भइरहेको छ ।

Comment


Related News