अपडेट 
२०८० बैशाख २०, बुधबार १४:०४

सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

बैठकले संक्रामक रोग नियन्त्रणका लागि एकीकृत कानून निर्माण गर्न लागि यसअघि संसदमा पेश भएको कोभिड १९ को संकट व्यवस्थापनका लािग व्यवस्था गर्न बनेको विधेयकलाइ फिर्ता लिने निर्णय गरेको छ भने कोशि टप्पु वन्यजन्तु आरक्ष निर्माण गर्दा विस्थापितहरुका लागि थप छानविन गरि समस्या समाधान गर्न आयोग पुनर्गठन गरि ३ महिना म्याद थप गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

बैठकले बेलायतको महाराज चाल्र्स तृतियको राज्यभिषेक समारोहमा सहभागी हुन पर्यटनमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको छ भने नेपाली दुतावास ढाकाका लागि जग्गा प्राप्तीका लागि हस्ताक्षर गर्न बंगलादेशका लागि नेपाली राजदूतलाई अख्तियारी दिने र वनस्पती बिभागको महानिर्देशक डा राधा वाग्लेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले चीनबाट हतियार खरिद गर्ने कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्मा नआएको दावी गर्नुभयो । कुनैपनि देशसंग हतियार खरिद गर्दा देशको नीति नियम र कानूनभित्र रहेर गर्नुपर्ने भन्दै त्यस बिषयका कुनै पनि प्रकारको छलफल नभएको उहाले बताउनुभयो ।

प्रवक्ता शर्माले चीनसंग हतियार खरिद गर्ने बिषयलाई प्रधानमन्त्रीको भारत भ्रमणसंग जोड्न नहुने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News