अपडेट 
२०८० बैशाख २१, बिहीबार ०९:००

गणेशमान चारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायण यादवलाई जनता समाजवादी पार्टी जसपा नगर कमिटिले खोला उत्खनन् रोक्नलाई नौँ बँंदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार नगर कमिटिका अध्यक्ष रामएकवाल शर्माले जथाभावी भइरहेको उत्खनन रोक्न सो ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा खोला उत्खनन् को जानकारी दिनेलाई प्रोत्साहन र क्रसर माफियालाई कडा जरिवाना गर्नुपर्ने उल्लेख छ । खोला ठेक्का सम्झौता भए अनुसार कार्यान्वयन हुनुपर्ने उनीहरुको जिकिर छ । बकेटको जरिवाना पाँच हजार छ । यसलाई बढाएर ५० हजार गर्नुपर्ने, जेसिबिको २५ हजारबाट दुई लाख ५० हजार गर्नुपर्ने र स्काईभेटर र लोडरको जरिवाना ३० हजारबाट पाँच लाख गर्नुपर्ने ज्ञापनपत्रको मागमा उल्लेख गरिएको छ । यस्तै, मापदण्ड विपरीत खोला उत्खनन गर्न संलग्न सवारी साधन समात्ने व्यक्तिलाई जरिवानाको २५ प्रतिशत प्रोत्साहन स्वरुप दिएर पुरस्कृत गर्नुपर्ने माग पनि नगर प्रमुख यादव समक्ष अगाडि सारिएको छ ।

खोला उत्खनन गर्ने सवारीको सुराकी गर्ने व्यक्तिलाई पनि जरिवानाको दश प्रतिशत र रातिको समयमा उत्खननमा संलग्न सवारी सिज गर्नुपर्ने उनीहरुको माग छ । एक पटक जरिवानामा परिसकेको सवारी पुनः पक्राउ परे सिज गर्नुपर्ने र मापदण्ड विपरीत सञ्चालित उद्योगहरु कारबाहीको दायरामा ल्याउनुपर्ने माग छन् । अवैध उत्दनन विरुद्ध अवाज उठाउने व्यक्तिहरुमाथि क्रसर माफियाहरुले दमन गरिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News