अपडेट 
२०८० बैशाख २१, बिहीबार ०९:१६

सर्लाहीको हरिपूर्वा नगरपालिकामा हाजिर भएकै दिन एकजना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।

गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ । यादव फेरि सोही स्थानमा यथावत रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट परिपत्र पठाइएको छ ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा विकास निर्माण र प्रशासनिक कामहरु महिनौंदेखि ठप्प परेका छन् । एक महिना धाएर नगरप्रमुख विनोद साहले यादवलाई हरि पूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । हरिपूर्वा नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित विनोद साहसंग बहुमत छैन ।

Comment


Related News

Latest News

Trending News