२०८० बैशाख २१, बिहीबार ११:४१

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ः०० बजे नवनियुक्त तीन मन्त्रीको ग्रहण कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले बुधवार काँग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति गर्नुभएको थियो भने केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा काँग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

Comment

Related News

Latest News

Trending News