अपडेट 
२०८० बैशाख २१, बिहीबार १६:०४

नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्।

बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ गराइएको हो।

मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।

Comment


Related News

Latest News

Trending News