अपडेट 
२०८० बैशाख २१, बिहीबार १६:४५

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २८ औं साधारणसभा तथा नवौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुका साथै व्यवसायीहरुको समस्या समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताउनुभएको हो ।

उहाले देशको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रका अग्रणी संस्थाहरुले रोजगारी सिर्जना गर्न, आयात प्रतिष्थापन गरि निर्यात बढाउनका लागि आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । दक्ष जनशक्तिको अभाव, सहज बित्तिय पहँुच, ग्रीलजन्य बस्तुको मूल्यबृद्धि लगाएतका बिषयमा आवश्यक कदम चाल्न उहाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले जनतालाई विश्वास दिलाउनुपर्ने बताउनुभयो । ढकालले पछिल्लो समय विप्रेषण बढेको, पर्यटनको आवगमन बढेको र बैंकहरुको व्याजदर कमीहुनुले मुलुकको आर्थिक क्षेत्र सुधार हुदै गएको संकेत पैदा भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा महासंघले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

Comment


Related News

Latest News

Trending News