अपडेट 
२०८० बैशाख २१, बिहीबार १६:५५

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको अनुमान गरेको छ ।

बिहीवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आकलन गरेको हो । यस वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको बताएको छ । कोशी प्रदेशका मध्यभाग तथा उत्तरपूर्वी भूभाग, बाग्मती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका धेरैजसो भूभागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागको भनाइ छ ।

कार्यक्रममा बोल्दै जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताउनुभयो ।

यस वर्ष मनसुन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News