अपडेट 
२०८० बैशाख २१, बिहीबार १७:४९

पछिल्लो २४ घण्टामा देशभर ४३ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ३०१ वटा नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको छ ।

त्यस्तै आज  ५० जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २०२ पुगेको छ । आजसम्म २६ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १२ जना आइसीयु र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News