
नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जित्न महत्तवपूर्ण भूमिका निर्वाह गरेका तीन खेलाडीलाई मधेश प्रदेश सरकारले जनही दुई/दुई लाखको दरले दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरुलाई दुई/दुई लाखको दरले दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्रीसमेत रहेका संजय यादवले जानकारी दिए । उनका अनुसार गुल्सन झा, आरिफ शेख र आशिफ शेखलाई सो रकम दिइने निर्णय भएको छ । यसअघि गत चैत २ गते पनि सरकारले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगिता जित्दा यी तीनै खेलाडीलाई दुई÷दुई लाख दिने घोषणा गरेका थिए । यी दुबै खेलमा नेपालका खेलाडीहरु युनाइटेड अरब इमिरेट्स (यूएई)लाई पराजित गर्दा यी खेलाडीहरु महत्वपूर्ण योगदान दिएका थिए । यो जितभएसँगै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ । नेपाल पहिलो पटक यस प्रतियोगिता खेल्ने भएको छ ।