अपडेट 
२०८० बैशाख २२, शुक्रबार ०७:३६

रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव हाजिर भएका छन् ।

यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत मनिष झा केहीदिन पहिले सरुवा भइ अन्यत्र गएपछि माधवनारायण नगरपालिकाको कार्यालय प्रमुखमा जिल्ला हुलाक कार्यालय गौरमा कार्यरत शाखा अधिकृत यादव हाजिर भएका छन् । नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उपप्रमुख निर्मला देवी रमनसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बिहीबार यादव हाजिर भएका छन् । विगत ६ वर्षदेखि विभिन्न जिल्लामा शाखा अधिकृतको रुपमा काम गर्दै आएका देवनाथ यादव बिहीबारदेखि माधवनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

प्रशासकीय अधिकृत यादव यसअघि जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत हुँदा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन भने जिल्ला समन्वय समितिको कार्यालय पर्साका समन्वय अधिकारी, रौतहट परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला हुलाक कार्यालय गौरमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । नगरपालिकामा हाजिर भएका प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख बैजनाथ यादव, उपप्रमुख निर्मला देवीसहित वडा अध्यक्ष र कर्मचारीहरु भव्य स्वागत गरेका थिए । २०७९ साल बैशाखमा स्थानीय तहको दोश्रो पटकको निर्वाचन भएदेखि हालसम्म गरी पटक पटक सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदै आएको छ । महिना दुई महिने पिच्छे हाकिम फेरबदल हुँदै आएको कारण सो नगरपालिकाका विकास निर्माण देखि लिएर अन्य कामकाज प्रभावित हुँदै आएको थियो तर बिहीबार प्रशासकीय अधिकृत यादव कार्यालय प्रमुखको कार्यभाल सम्हालेपछि माधवनारायणमा अब विकास निर्माणको कार्य तीव्रता लिने अपेक्षा गरिएको छ ।

कार्यालयमा हाजिर भएपछि पत्रकार हरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं कार्यालय प्रमुख यादवले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने बताएका छन् । आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै प्रशासकीय अधिकृत यादवले सबै पक्षलाई एकढिका बनाएर अगाडि बढ्ने बताए । आफूले नगरलाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै नगरपालिकामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै यादवले आफूले गर्ने हरेक काममा जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे । जनप्रतिनिधिको साथ र सहयोग बिना कुनै पनि काम असम्भव रहेको धारणा राख्दै यादवले जनप्रतिनिधिको साहथ पाए कुनै पनि काम असम्भ नहुने भएको हुँदा जनप्रनितिधिहरुलाई सहयोग गर्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News