
रौतहट घर भइ नेपाल मेडिसिटी हस्पिटल काठमाण्डु र नेपाल मेडिसिटी ब्योधा हस्पिटल वीरगञ्जमा कार्यरत डा.अनिल साह बंगलादेशको राष्ट्रपतिबाट सर्वोत्कृष्ट विद्यार्थीको सम्मान पाएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका – ३ सखुअवा भेल्ही घर भइ नेपालकै प्रख्यात नेपाल मेडिसिटी हस्पिटल काठमाण्डुमा कार्यरत एमबीबीएस एमडी (कन्सल्टेन्ट युरोलोजिस्ट) डा. अनिल साहलाई बंगलादेशका राष्ट्रपति मो. सहाबुद्दीनले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गरेका छन् । बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुभन्दा सर्वाधिक प्राप्तांक ल्याएको भन्दै बंगलादेशका राष्ट्रपति सहाबुद्दीनले बिहीबार बंगलादेशको राजधानी ढाका स्थित बंगबोंधु इन्टरनेसनल कन्फेरेन्स सेन्टरमा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले आयोजना गरेको आफ्नो पाँचौं दिक्षान्त समारोहमा डा. साहलाई सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेका छन् । वर्षौदेखि नेपालबाट बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले बंगलादेशको चिटागोंग स्थित रहेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी नै रोज्ने गरेको छ ।
डा. साह पनि सोही युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सन २०१४ मा एमबीबीएस उतिर्ण गरी नेपाल फर्केका थिए । सो विश्व विद्यालयले एमबीबीएस तर्फ उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गर्न बिहीवार आफ्नो पाँचौ दिक्षान्त समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा यस विश्व विद्यालयले आफ्नो सन २०११ देखि २०२२ सम्मका विभिन्न विषयका ८ हजार ९ सय ७५ जना स्नातक छात्र छात्रालाई दीक्षित गरेको थियो त्यसमध्ये ३ हजार ४० जना एमबीबीएस ग्राजुएटका विद्यार्थी सहभागी थिए । ३ हजार ४० जना एमबीबीएसका विधार्थी मध्ये एमबीबीएस ग्राजुएटतर्फ सबैभन्दा बढी अर्थात सर्वाधिक प्राप्तांक ल्याएको भन्दै नेपालका डा. साहलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी बंगलादेशले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गरेको छ । बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै सर्वाधिक अंक ल्याइ बंगलादेशका राष्ट्रपतिद्धारा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भई हामी सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको भन्दै धेरैले बधाइ तथा शुभकामना दिएका छन् ।