अपडेट 
२०८० बैशाख २२, शुक्रबार १३:५३

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष विकास तामाङका अनुसार पाइलट र हेलिकप्टरमा सवार एक जना स्थानीय घाइते छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि पठाउने तयारी भइरहेको जनाइएको छ । लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो ।

Comment

Related News