अपडेट 
२०८० बैशाख २२, शुक्रबार १९:४४

धनुषा प्रहरीले साढे १० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ बस्ने ३१ वर्षीय फेकन साह, सोही ठाउँ बस्ने २१ वर्षीय संतोष दास, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने २६ वर्षीय अमित कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रबिन कुमार यादव रहेका छन् ।

विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको संयुक्त टोलिले शुक्रबार बिहान साढे १० बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढपश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Comment

Related News