अपडेट 
२०८० बैशाख २३, शनिबार ०७:०८

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सहायक प्रहरी निरीक्षक (सई) विनोद विष्ट पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनलाई घुस रकमसहित काठमाण्डुबाट पक्राउ गरेको छ । उनले निर्माण व्यवसायीसँग भवन निर्माणको समय (म्याद) थप गराइदिने प्रयोजनको लागि घुस रकम माग गरेको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । उनका अनुसार सई विष्टको साथबाट अख्तियारको टोलीले घुस बापतको ५० हजार नगद र १ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । उनलाई काठमाण्डुको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निर्माणाधीन भवनको म्याद समाप्त भएको र सो म्यादको अवधि थप गराइदिने भनेपछि निर्माण व्यवसायीले रकम सई विष्टलाई दिएका थिए । विष्टले भवन निर्माण सम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको निर्माण व्यवसायीले उजुरी गरेका थिए । सई विष्टले भुक्तानी पनि सहज तरिकाबाट गराइ दिने निर्माण व्यवसायीलाई आश्वासन दिएका थिए । सोही घुस लिन उनी महोत्तरीबाट काठमाण्डू महानगरपालिका १० बानेश्वर पुगेका थिए । र घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

Comment


Related News