अपडेट 
२०८० बैशाख २३, शनिबार ०७:१७

केन्द्रको डिजाइनमा संघीयतालाई बदनाम गर्ने कार्य भइरहेको प्रति चिन्ता व्यक्त गरिएको छ।

मधेश विमर्श कार्यक्रम अन्तर्गत नोर्थ साउथ कलेक्टिव्स संस्थाले आयोजना गरेको ‘संघीयता के कथा : मधेश के व्यथा’ कार्यक्रममा वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा राजनीतिक विश्लेषक सिके लालले व्यवस्थाको त्रुटि बारे विरोध र आलोचना हुनुपर्ने ठाउँमा बदनामी मात्रै भइरहेको बताए। केन्द्रले संघीयता ल्याउँदा डिजाइन नै मिस्टेक गरेको उनले दाबी गरे । ‘व्यवस्था ठिक छ । तर व्यवस्थाको डिजाइन मिस्टेक छ,’उनले वङग्य गर्दे भने,‘अहिलेको संघीयता बिना इन्जनको सवारी जस्तै हो ।’

यस्तै, पूर्व सांसद मंजु कुमारी यादवले प्रदेश सरकारले संघीयताको सदुपयोग गर्न नसकेको बताइन् । भाषा, नामकरण र राजधानी एकै पटक तोक्दा मधेशको पहिचान स्थापित हुन बल पुग्ने भए पनि प्रदेश सरकारले त्यस्तो गर्न नसकेको उनले बताइन् । संघीयतामाथि प्रश्न उठाउने समय नभएको भन्दै उनले अनावश्यक प्रश्न नउठाउन आग्रह गरिन् । ‘संघीयता कसैले दान दक्षिणामा दिएको छैन । जनताले ल्याएको छ,’उनले भनिन्,‘ त्यसकारण जनताको विपरीत गएर तुरुन्तै प्रश्न उठाउनु उचित छैन् ।’ यस्तै, सञ्चारकर्मी भोला पासवानले संघीयता मह्गो भएर केही तत्वहरुले प्रचारवाजी गरेको बताए । संघीयताको सबल पक्षलाई गौण गरिएको उनको तर्क छ । ‘प्रदेशमा बेरुजु बढ्यो, धान्न सकिन्न भनेर बहानावाजी हुँदै छ,’उनले भने,‘एउटा समाचारले सबै प्रदेशमाथि प्रश्न उठाउन सकिन्न् । संघीयताले खर्च बढी भएपछि अनावश्यक संरचना हटाउनुपर्ने उनको जोड छ । दरबन्दी अनुसार केन्द्रले प्रदेश सरकारलाई कर्मचारी नदिँदा अपेक्षा अनुसार काम नभएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News