अपडेट 
२०८० बैशाख २३, शनिबार ०७:२९

परिवारले उपचार खर्चको बाँकी बक्यौता रकम तिर्न नसकेपछि विराटनगर स्थित न्यूरो अस्पतालमा चार दिनदेखि “बन्धक” बनाएर राखेको सामाजिक अभियन्ता दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफ् न्तजनले घर ल्याएका छन् ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्यसमेत रहेका थिए । शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् । कागज गरेर साहु महाजन संग २ लाख रुपैयाँ ऋणसमेत उठाएका छन्। गाउँघरमा डुल्दै तथा सामाजिक सञ्जालमार्फत सहयोगको याचना र कपाली कागज गरेर साहु महाजनबाट प्राप्त भएको रकमले बुवाको उपचार खर्च बुझाई शव ल्याएको छोरा अंकितले बताए । अस्पताल नजिकै रहेको आर्यन फार्मेसीलाई औषधि खरिद गरे वापतको २ लाख भन्दा बढी तथा श्रीमानको उपचारमा लागेको रकम मध्ये २ लाख भन्दा बढी रुपैयाँ बुझाएर शुक्रबार साँझ अस्पतालबाट शव बुझेको सदाको पत्नी मालतीले बताइन । उनले श्रीमान गुमाएको पीडा संगै ऋणको अर्काे भार थपिएको सुनाइन ।

विपन्न परिवारका सिरहाको मिर्चैया नगरपालिका –५ का सदालाई ब्रेन ह्यामरेज भएपछि परिवारले उपचारका लागि २८ चैतमा विराटनगरको न्यूरो अस्पतालमा पु¥याएका थिए । २० दिनपछि बैशाख १९ मा उनको मृत्यु भएको थियो । उपचार वापतको सम्पूर्ण रकम तिरेर मात्रै शव लैजान पाउने भन्दै अस्पतालले रोकेपछि सदा परिवार रकमको जोहो गर्न भौंतारिका थिए । आर्थिक अवस्था कमजोर भएकाले उपचार वापतको बाँकी रकम तिर्न नसक्ने अवस्था उत्पन्न भएपछि सदा परिवारले शुरुमा स्थानीय साहुसंग हार गुहार गरेर कागज गरी २ लाख जुटाएर औषधि पसल र अस्पताललाई बुझाएको श्रीमती मालतीले बताइन । त्यतिले अस्पताल र औषधिको उपचार खर्च पुगेन । आईसियुमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधि पसलको २ लाख ६५ हजार रुपैयाँ खर्च पुगेपछि आपूmहरु थप तनावमा परेको मृतकका भतिजा आशिषले बताए ।

Comment


Related News

Latest News

Trending News