अपडेट 
२०८० बैशाख २३, शनिबार १३:२६

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस अब विश्वव्यापी स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको छ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार कोभिड-१९ महामारी विश्वव्यापी स्वास्थ्य आपतकाल नभएको बताएको बिबिसीले जनाएको छ।

यसअघि डब्लुएचओको आपतकालीन समितिको बैठक बसेर कोभिड-१९ लाई विश्व स्वास्थ्य आपतकालबाट हटाउन सिफारिस गरेको थियो।

जनवरी २०२१ मा हरेक साता औसतमा १ लाख कोरोना संक्रमितको मृत्यु हुने गरेको थियो। अहिले यो संख्या  ३ हजार ५ सयमा झरेको डब्लुएचओको भनाइ छ।

सन् २०१९ को अन्ततिर चीनको वुहानबाट सुरू भएको कोभिड-१९ महामारीले संसारभरि ७० लाख मानिसको ज्यान लिएको औपचारिक तथ्यांक छ।

डब्लुएचओ प्रमुख गेब्रेयससले उक्त संख्या झन्डै २ करोडको हाराहारीमा भएको बताएका छन्।

Comment


Related News

Latest News

Trending News