अपडेट 
२०८० बैशाख २४, आईतवार ०८:३२

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि प्रादेशिक अस्पताल जनकपुरधाममा छड्के गरेका छन् ।

शनिबार राति सर्वसाधारणको भेषमा प्रादेशिक अस्पताल पुगेका मुख्यमन्त्री यादवले इमर्जेन्सी, बच्चा वार्डलगायत प्रादेशिक अस्पतालका विभिन्न वार्डहरुमा छड्के गरेका थिए । उनी अस्पताल भित्रको वेतिथिलाई थप समाधान गर्नुपर्ने अस्पताल प्रशासनलाई सुझाएका थिए । सर्वसाधारणको घुइँचो हुने अस्पतालमा कुनै प्रकारको समस्या स्वीकार्य नहुने मुख्यमन्त्री यादवले अस्पताल प्रशासनलाई चेतावनी दिएका थिए । साथै उनी अस्पतालको टिकट काउण्टरमा बैशाख १ गते देखि २२ गते सम्ममा भएको आम्दानी र बैंक दाखिला लिएर आइतबार ११ बजे मुख्यमन्त्री कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News