अपडेट 
२०८० बैशाख २४, आईतवार ०८:३९

मधेश प्रदेश सरकारले आगामी बजेटमा दलितको लागि विशेष प्याकेज ल्याउने तयारी गरिरहेको सामाजिक विकास मन्त्री सुरिता साहले बताएकी छन् ।

जनकपुरधाममा शनिबार दलित महिला संघले आयोजना गरेको कार्यक्रमा उनले नयाँ बजेटमा सबै समुदायलाई समेट्ने योजना ल्याउन तयारीमा प्रदेश सरकार रहेको जानकारी दिइन् । उनले भनिन् दलित, महिला र विपन्नको लागि विशेष प्याकेज ल्याउछौं । प्रदेश सरकारको योजना र सपना समतामूलक समाज निर्माण रहेको उनले बताइन् । सोही अनुसार प्रदेश सरकारले दलित विकास सम्बन्धी ऐन र बोर्ड गठन गरेको छ । प्रदेश सरकारले सबै समुदायको लागि काम गरे पनि कार्यान्वयनमा ढिलाइ भएको उनले स्वीकार गरिन् । ‘तीनै तहको सरकारबीच समनव्य हुन नसक्दा कार्यान्वयनमा ढिलाई भएको छ,’उनले भनिन्,‘स्थानीय सरकारले वेवास्ता गरिरहेका छन् ।’ अधिकारको लडाई लड्न प्रदेश सरकारले प्लेटफर्म तयार पारी सकेको उनले जिकिर गरिन् । तर पछाडि परिएको समुदायहरु जागरुक हुनु आवश्यक रहेको उनले बताइन् ।

Comment


Related News

Latest News

Trending News