अपडेट 
२०८० बैशाख २५, सोमबार १०:१५

सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट बरहथवा नगरपालिका –११ हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिए । सो आगलागीबाट जागेश्वर रायको गोठ जलेको छ । दिउँसो चर्को घाम र हावा चलिरहेका बेला बस्तीमा आगलागी भएको छ । गाउँले, प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। घर जलेपछि अति विपन्न धर्मेन्द्र र होरिलको परिवार बिचल्लीमा परेको वडाध्यक्ष राईले बताए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा दुई वटा फूसका घर र गोठ जल्दा दुई लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताए।

यस्तै, धनकौल गाउँपालिका –३ मा दिउँसो भएको आगलागीबाट अति विपन्न अनुठा महतोको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घर तथा घरभित्र रहेका सामग्री जल् दा अनुठाको परिवार पनि बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News