अपडेट 
२०८० बैशाख २६, मंगलवार ०८:२०

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यहाँ जारी रहेको अन्र्राष्ट्रिय चित्रकला प्रदर्शनीको अवलोकन गरेका छन् ।

उनले जनकपुरधामको रामानन्द चोकस्थित रामानन्द युवा क्लबको सभाकक्षमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनको आयोजनामा शनिबारदेखि शुरु भएको चित्रकला प्रदर्शनीको अवलोकन गरेका छन् । सो क्रममा उनले कला र संस्कृतिको विकासको लागि प्रदेश सरकारले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि देशलाई चिनाउन कला र संस्कृति नै सबभन्दा महत्वपूर्ण आधार रहेको बताउँदै मुख्यमन्त्री यादवले भने,‘चित्रकलाको क्षेत्रमा विश्वमै सबभन्दा अगाडि रहेको मिथिला पेन्टिंगको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध छ ।’ समग्र समाजको चित्रण एउटा तस्वीरमै हुन सक्ने भएकोले चित्रकला प्रदर्शनीको आयोजना हुनु र त्यसमा विश्वका ९ वटा देशको कलाकारहरुको तस्वीर राखिनुले जनकपुरधाममा कला क्षेत्रमा नयाँ ईटा थापिएको र भविष्यमा यस प्रकारको कार्यक्रमहरु भइरहेको विश्वास समेत उनले व्यक्त गरे ।

कार्यक्रममा चित्रकला प्रदर्शनीमा सहभागी भएका नेपाल तथा भारतका दर्जन भन्दा बढी कलाकारहरुलाई प्रदर्शनीको प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

https://www.youtube.com/watch?v=Im_vEKN236E

Comment


Related News

Latest News

Trending News